श्रीलंकाको रेमिट्यान्समा ५० प्रतिशतले गिरावट
काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकले श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको जनाएको छ ।
गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलङ्काले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।
यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलङ्काले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो ।
गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो ।पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत हो ।
दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो ।यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।
श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो ।
सन् २०२० र २०२१ मा कोभिड-१९ महामारीका कारण यो सङ्ख्यामा थप घटेको थियो । रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम
काठमाडौँ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा...
इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...
अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर...
कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी
कोपेनहेगनको ‘लाइट रन’ मा करिव १ हजार धावकहरूले भाग लिएका छन् । जुन एक विशेष रात्रिकालीन दौड थियो ।...




