शनिबार, माघ २६, २०८१
English
Follow us:

सुडानमा इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट

सुडानमा इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट

  • खबर सेवा

  • सोमवार, जेष्ठ ९, २०७९

  • 8
    SHARES

काठमाडौं।  सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ ।

अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।

यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।

यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्धन्द्ध पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाई रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology