एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरे ।
एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए ।उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।
वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए ।
शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी छन् । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
उनले प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका हुन् ।
ताजा अपडेट
-
१.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
२.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
३.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...
टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार
काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित...
नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य
काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको चुनौती दिएको छ। मुम्बइको वानखेडे स्टेडियममा...




