अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अंकले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अंकले ओरालो लागेर ४२९.०५ अंकमा र्ओर्लेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बीमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बीमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १५ लाख नौ हजार २६५ बराबरको कारोबार भयो ।

अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ८७ लाख २७ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ७३ हजार ५८९, नागरिक लगानी कोष रु तीन करोड ६४ लाख २६ हजार ९४६ र हिमालयन डिस्टिलरी रु तीन करोड ५३ लाख ८३ हजार ७४३ बराबरको कारोबार भई शीर्ष पाँचमा रहे ।

नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् ।

मिथिला लघुवित्त ५.८९, विन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।

सम्बन्धित समाचार

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...