अर्थ

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. २८ औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा अतुलनिय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।

उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच यस बैंकका संचालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उहाँको योगदान अविस्मरणीय रहँदै आएको बताए ।

२८ औं वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

२८ औँ वर्षमा प्रवेश सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ । ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...