गेटा विमानस्थल विस्तार : जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा
काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिएका थिए । अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले जनाएको छ ।
जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौं ।बाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए ।
उनले भने, “ हामीले जग्गा अधिग्रहणको चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पु¥याएका छौँ, आज प्राविधिक टोली आएर हेर्नेछन् ।”
गेटा विमानस्थलको विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गएको पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको थियो ।
विमानस्थलका अनुसार पूर्वतर्फ खुटिया सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७०० मिटर, पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट १०० मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुङ्गो लागेको जनाइएको छ ।
जग्गा अधिग्रहण हुने क्षेत्रमा अहिले माटो खन्नेदेखि जग्गाको स्वरुप बिगार्ने काम भएको गुनासो आएपछि गेटा नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्नसमेत सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




