नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान
सियामेन । नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सले आह्वान गरेको छ ।
उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्वान गरेका हुन् ।
भिडियो लिङ्कमार्फत यहाँ सम्पन्न ब्रिक्स उद्योग मन्त्रीहरूको छैटौं बैठकमा उनीहरूले स्थिर, सुरक्षित, खुला, निष्पक्ष, जीवन्त र लचिलो वातावरण सिर्जना गर्दै औद्योगिक सहयोगलाई अझ सुदृढ तुल्याउन तथा अर्थतन्त्रको पुनरुत्थान अभिवृद्धि गर्न त्यस्तो आह्वान गरेका हुन् ।
विश्वले बितेको एक शताब्दीमा कहिल्यै नदेखिएको महामारीको सामना गर्नुपरेको यथार्थ प्रस्तुत गर्दै चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सियाओ याछिङले चिनियाँ सरकारले महामारीविरुद्धको प्रतिकार्य र सामाजिक- आर्थिक विकासलाई सन्तुलनमा राख्न सक्रिय कदम चालेको बताए ।
बैठकमा समूहका मन्त्रीहरुबीच सन् २०१५ मा भएको पहिलो बैठकका निर्णयको प्रगति समीक्षा, आपसी सहयोग प्रवद्र्धन, नयाँ औद्योगिक क्रान्तिमा समूहको साझेदारी, परम्परागत उद्योगको ‘डिजिटल’रुपान्तरण, औद्योगिक तथा आपूर्ति शृङ्खलामा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी...
मंगोलियाको राजधानीमा नयाँ घरको औसत मूल्यमा डिसेम्बर २०२५ मा १०.८ प्रतिशतले वृद्धि
मंगोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार डिसेम्बरको अन्त्यसम्ममा मंगोलियाको राजधानीमा नयाँ निर्मित अपार्टमेन्टहरूको औसत मूल्य ५।०३ मिलियन...
चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो...
पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते
पश्चिमी रुसको कोमी गणतन्त्रस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको लापरवाहीका कारण भएको विस्फोटमा परी २० जना घाइते भएका छन्...




