समाचार

काठमाडौंबाट अनलाईन मार्फत २८ लाख ७९ हजार ठगी गर्ने पक्राउ

पछिल्लो समयमा सामाजिक सञ्जालबाट विभिन्न अपराध हुँदै आइरहेका छन् । त्यस्तै काठमाडौंबाट प्रहरीले अनलाईन मार्फत ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।

सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई उनले २८ लाख ७९ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले अमेरिकाबाट सञ्चालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई विश्वासमा पारी ठग्ने गरेको प्रहरीको भनाई छ ।

श्रेष्ठलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार

बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं। बैतडीको दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य...

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८०...