‘नागरिकको जीउधनको रक्षा, सरकारको प्राथमिता’
काठमाडौं । सरकारले ‘नागरिकको जीउधनको रक्षा, सरकारको प्राथमिता’ भन्ने नीतिअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि गरी राष्ट्रिय सुरक्षा व्यवस्थापनमा परिचालन गर्ने नीति लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा शान्ति सुरक्षालाई सुशासन, सेवा प्रवाह, विकास निर्माण र समृद्धिको पूर्वसर्तको रूपमा सुदृढ बनाइने पनि उल्लेख गरिएको छ ।
सुरक्षा सूचना प्रणालीलाई सुदृढ गरी शान्ति, सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढाइने पनि सरकारको नीति छ । राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि सुविधासहितको आवास कार्यालय तथा आवश्यकतानुसार सीमा सुरक्षा चौकी (बीओपी)को प्रबन्ध गरिने योजना अघि सारिएको छ ।
कारागार सुधार योजना लागू गरिने
त्यस्तै सरकारले कारागारलाई सुधारगृहमा परिणत गर्दै लैजाने योजना पनि अघि सारेको छ । अधिकतम कैदीबन्दी घनत्व भएको हालको कारागारको अवस्थालाई सुधार गर्न कारागार सुधार योजना लागू गरिने राष्ट्रपति भण्डारीद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
उक्त कार्यक्रममा खुला कारागारसम्बन्धी वैकल्पिक अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ । यस्तै अध्यागमन र सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारमैत्री बनाइने जनाइएको छ ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




