प्रदेश

मुख्यमन्त्री पोखरेल र कावा भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ ।

कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा खम्पा पोखरा आएका हुन् । भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल–भारतबीचको सम्बन्धबारे कुनै व्याख्या गर्न जरुरी नभएको उल्लेख गर्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

उत्तरमा चीनको नाकाबाट दक्षिणमा भारत जोड्ने कोरला–त्रिवेणी सडकअन्तर्गत दुम्कीवास–त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङमार्ग निर्माणमा प्रदेशले सङ्घ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए । तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गरे ।

प्रदेशको रोजगारी प्रवद्र्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसअनुसारका संरचना निर्माण जरुरी रहेको उनले बताए ।

कार्यवाहक भारतीय राजदूत खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताए ।  प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम गर्न सकिने उनको भनाइ छ ।

नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने उनले प्रतिबद्धता व्यक्त गरे । भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् ।

भेटमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य...

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...

मस्तिष्कघातबाट मेयरको निधन

मस्तिष्कघातबाट मेयरको निधन

धनुषा। धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो।...