शुक्रबार, माघ ११, २०८१
English
Follow us:

झापामा बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

झापामा बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

  • खबर सेवा

  • बुधबार, जेष्ठ ११, २०७९

  • 5
    SHARES

काठमाडौं । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१-०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे-८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् ।

मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology