बुधबार, माघ २, २०८१
English
Follow us:

धनुषा र सिरहामा चुनावी परिणामबाट लोसपालाई निराशा

धनुषा र सिरहामा चुनावी परिणामबाट लोसपालाई निराशा

  • खबर सेवा

  • बिहिबार, जेष्ठ १२, २०७९

  • 5
    SHARES

काठमाडौं । धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ ।

धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन ।

धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।

पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसंघर्ष तथा टिकट वितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका-४ का सुधीर साहले बताए ।

“समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन”, उनले भने, “यसमा लोसपाका नेताहरूबाट धेरै कमी-कमजोरी भएका छन्, परिणामस्वरुप निराशाजनक परिणाम आएको हो ।”

सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेतासमेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन् ।

“यस्तो परिणाम आउँछ जस्तो लागेको थिएन”, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भने, “यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ ।”

जसपाबाट केही समयअघि मात्रै अलग भएको र बीचमा सङ्गठनलाई जसरी लैजानुपर्ने थियो त्यसरी नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उनको भनाइ छ ।

केही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी संघंठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पुर्‍याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउँछन् ।

अहिलेको चुनावमा भएको कमी–कजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा बढी सिट जित्ने तयारीमा जुट्न उहाँले कार्यकर्तालाई आग्रह गरे ।

यस्तै मत परिणामले नेकपा (एकीकृत समाजवादी)लाई पनि धनुषामा निराश बनाएको छ । एकीकृत समाजवादी सिरहामा भने एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ ।

एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषामा १० पालिका कांग्रेसले जितेको छ । एमाले र जसपाले तीन÷तीन तथा माओवादी केन्द्रले एउटा स्थानीय तह जितेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology