बिहिबार, माघ ३, २०८१
English
Follow us:

एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

  • खबर सेवा

  • बिहिबार, जेष्ठ १२, २०७९

  • 23
    SHARES

काठमाडौं । पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology