खेलकुद

एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं । पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

काठमाडौं। नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई...

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई...

एन्फाको बजेट डेढ अर्ब बढी

एन्फाको बजेट डेढ अर्ब बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली...

आयरल्यान्डसँग नेपाल पराजित

आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौँ। आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । नेपाल...