प्रमुख खवर

पाँच बर्षअघि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा एक प्रिन्सिपल पक्राउ

काठमाडौं ।  इटहरीमा पाँच बर्षअघि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा एक प्रिन्सिपल पक्राउ परेका छन् ।

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई पक्राउ गरेका हुन् ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

‘होस्टलमा बसेका बेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुभएको थियो’ सामाजिक सञ्जालमा ती किशोरीले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’

उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको छ । काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

 

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...