शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

श्रीलंकाका राष्ट्रपतिद्वारा आर्थिक संकट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

श्रीलंकाका राष्ट्रपतिद्वारा आर्थिक संकट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ १३, २०७९

  • 14
    SHARES

काठमाडौं । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलंकालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन् ।

ूहामी अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलंकालीहरुको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ।

‘हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलकंका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु,’ राजापाक्षेले २७ औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने।

जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेको डेली मिररले जनाएको छ ।

चरम आर्थिक समस्याका बीच श्रीलंकाले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ।
साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ।

‘कोभिड-१९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलंकाको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय संकट निम्त्याएको छ ।भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ,’ डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

राष्ट्रपतिले युक्रेन-रुस द्वन्द्वले कोभिड-१९ को महामारीपछि पीडित मुलुकमा संकट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे । उनले मुलुकमा देखिएको संकलाई समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिए ।

‘श्रीलंकाले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड-१९ महामारीको प्रभावहरूको प्रारम्भिक संकेत हो । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापीरूपमा पनि असर गर्न सक्छ ।’ उनले भने ।

राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरे ।

‘जापान श्रीलंकाको प्रमुख विकास साझेदारहरू मध्ये एक हो र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं,’ डेली मिररले राजापाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलंकाले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तरराष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ । अहिले अन्तरराष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो छ । एएनआई


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology