सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण

प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ १३, २०७९

  • 8
    SHARES

 

काठमाडौं /आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रेस चौतारी नेपालले एक  विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउनु आफैमा निन्दनीय विषय जनाईएको छ ।सञ्चारकर्मीको क्षमता विकासका लागि प्रतिष्ठान गठन गर्ने निर्णय स्वागतयोग्य हो ।

आफ्नै पार्टीको संस्थापक नेतालाई गलत तथ्य प्रस्तुत गरेर जबरजस्त रुपमा स्थापित गराउन खोज्ने कार्य कुनै पनि मानेमा सैह्य हुन सक्दैन ।नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य महासंघकै दस्तावेजबाट प्रमाणित भइसकेको अवस्थामा सरकारले गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ तत्कालीन संघ संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु र प्रतिष्ठानलाई राजनीतिकरणगर्नु आफैमा ठूलो बेइमानी भएको बताईएको छ । कसैको इतिहास र योगदानलाई नामेट पार्ने र आफ्नो पार्टीको संस्थापक नेतालाई आमसञ्चार प्रतिष्ठानको अगाडि फुर्को जोडने कामप्रति प्रेस चौतारी नेपाल गम्भीर आपत्ति प्रकट गरेको छ ।

विज्ञप्तिमा बर्तमान गठबन्धन सरकारले बिगतको सवै स्थापित तथ्यलाई नजर अन्दाज गर्दै जबरजस्त रुपमा आफ्ना संस्थापक नेताको नाम जोडेर प्रतिष्ठान सञ्चालन गर्न खोज्नुमा राजनीतिक कुनियत रहेको जनाएका छन ।

यसअघि पनि तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पालामा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको अगाडि आफ्ना संस्थापक नेताको नाम जोडेर कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान राख्न खोजिएपछि प्रेस चौतारी नेपाल लगायत सञ्चारसँग सम्बन्धित सवै संघ–संस्थारुले आपत्ति जनाएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology