मङ्लबार, असार ३, २०८२
English
Follow us:

सौन्दर्यविद् महरा महिला उद्यमी सम्मानबाट सम्मानित

सौन्दर्यविद् महरा महिला उद्यमी सम्मानबाट सम्मानित

  • खबर सेवा

  • शनिबार, जेष्ठ १४, २०७९

  • 31
    SHARES
सौन्दर्यविद् महरा महिला उद्यमी सम्मानबाट सम्मानित

काठमाडौं । नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसकी प्रवन्ध निर्देशक सुषमा महरा महिला उद्यमी सम्मानबाट सम्मानित भएकी छिन् ।

तिलक फिल्मस् प्रालिले आज काठमाडौंमा गणतन्त्र दिवस २०७९ को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका विषयक विचार गोष्ठी तथा शुभकामना विशेष साँस्कृतिक समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहकाबीच महरालाई सम्मान गरेका हुन् ।

“नेपाल्सनम्बर वान ब्युटी सैलुन”फेसियल हाउसले ब्यूटीसियन तथा हेयर डिजाइनरलाई हेयर स्टाइलसम्बन्धी एडभान्स सिप उपलब्ध गराउँदै आएको छ । साथै उक्त फेसियल हाउसले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ ।

जस्तैः ट्याटू रिमुभर लेजर मेसिन, हेयर ,व्यूटी र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोण (आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधि, व्युटी ट्रेनिङ सुविधा पनि दिँदै आएको छ।

त्यस्तै, छाला र कपाललाई मध्यनजर गर्दै न, मलेसिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्यूटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology