बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

  • खबर सेवा

  • आइतवार, जेष्ठ १५, २०७९

  • 51
    SHARES

काठमाडौं । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ ।

उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ ।रासस/सिन्ह्वा


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology