आइतवार, चैत्र २, २०८१
English
Follow us:

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

  • खबर सेवा

  • सोमवार, जेष्ठ १६, २०७९

  • 36
    SHARES

काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय सभागृहमा आज बिहान मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उनले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डङ्गोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology