सोमवार, फाल्गुन ५, २०८१
English
Follow us:

सुनचाँदीको मूल्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार?

  • खबर सेवा

  • सोमवार, जेष्ठ २३, २०७९

  • 25
    SHARES

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलमा २ सय रुपैयाँले बृद्धि भएको हो ।

तोलामा २ सय रुपैयाँ बढेसँगै आज छापावाला सुन तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन तोलाको ९७ हजार ९००मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९७ हजार ४सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी पनि तोलामा रु १५ रुपैयाँले बढेको छ । तोलामा रु १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १२९० तोकिएको महासंघले जनाएको छ । त्यस्तै आइतबार चाँदी तोलाको १२९०मा कारोबार भएको थियो


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology