शनिबार, फाल्गुन ३, २०८१
English
Follow us:

खाद्य संस्थानद्वारा २०७५ सालमा लिएको प्रशासन अधिकृतको लिखित परीक्षा रद्द

खाद्य संस्थानद्वारा २०७५ सालमा लिएको प्रशासन अधिकृतको लिखित परीक्षा रद्द

  • खबर सेवा

  • बिहिबार, जेष्ठ २६, २०७९

  • 16
    SHARES

काठमाडौं ।  सर्वोच्च अदालतको २०७७ फागुन १० गतेको आदेश अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ।

कम्पनीले विज्ञापन नम्बर २१/०७५/७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो ।

सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology