शनिबार, फाल्गुन ३, २०८१
English
Follow us:

चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

  • खबर सेवा

  • बिहिबार, जेष्ठ २६, २०७९

  • 8
    SHARES

काठमाडौं । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्बेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ।

त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको छ ।वाङ सुइकुनलाई रुवाण्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ ।

राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गर्नु भएको छ भने झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् ।

त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्याण्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस / सिन्ह्वा


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology