महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक र महेन्द्र पुल पोखरामा अवस्थित ओम हस्पिटल प्रा. लि.बिच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । २८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ ।
यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको बैंकले जनाएको छ । ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बैंकले कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...




