अर्थ

गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लि.को २७औं साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार २०७७/७८ को २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । यस अघि विविध कारणले फाइनान्सको उक्त साधारणसभा हुन सकेको थिएन ।

फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीको अध्यक्षतामा आयोजित साधारणसभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले फाइनान्सको वित्तीय अवस्था बिगतमा भन्दा सुधार भइरहेको बताए ।

आगामी दिनमा फाइनान्सले साधारणसभा समयमा नै गर्ने र वित्तीय अवस्थालाई झन् सुधार गर्ने उनको भनाइ छ । मुख्य कार्यालय चारखाल डिल्ली बजारमा रहेको फाइनान्सका शाखाहरु देशभर २६ वटा छन् ।

एउटा एक्स्टेन्सन काउन्टर छ । साधारणसभामा सहभागी सेयरधनीहरुको जिज्ञासालाई प्रमुख कार्यकारी अधिकृत र अध्यक्षले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...