बुधबार, बैशाख १७, २०८२
English
Follow us:

मनसुन सुरु भएपछि बाढीपहिरोको पिरलो !

मनसुन सुरु भएपछि बाढीपहिरोको पिरलो !

  • खबर सेवा

  • शनिबार, जेष्ठ २८, २०७९

  • 8
    SHARES
मनसुन सुरु भएपछि बाढीपहिरोको पिरलो !

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेको छ ।

यसवर्ष मनसुनबाट बाँकेका १० हजार र सबै विपदबाट २५ हजारलाई असर पर्नसक्ने आंकलन गर्दै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने आंकलनअनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखिएको छ । मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्का बेला खोज तथा उद्धारमा प्रयोग हुने सामग्री प्रयोग गरी प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा असार ६ गते बिहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरिएकोे छ ।

बाढीजन्य विपदबाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा तथा घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने र नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्यहरु रोक्ने निर्णय गरिएको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।

उक्त समितिले अत्यावश्यक सामग्री खानेकुरा, कपडा, औषधि, पानीहरुको आवश्यक भण्डारण गर्ने निर्णय गरेको छ । नजिकको नदीनालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए।

बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायत जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णयसमेत समितिले गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology