सोमवार, माघ २८, २०८१
English
Follow us:

लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धमा अधिकारी

लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धमा अधिकारी

  • खबर सेवा

  • शनिबार, जेष्ठ २८, २०७९

  • 3
    SHARES

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धको अध्यक्षमा युवा व्यवसायी रमेश अधिकारी निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित क्लबको निर्वाचनबाट अधिकारीको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

क्लबका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा आयोजित उक्त अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा सरिता कुमारी चापागाईं, द्वितीय उपाध्यक्षमा रमेश पाठक निर्वाचित भएका छन् ।

सचिवमा कृष्णप्रसाद भट्ट, सह सचिवमा कैलाश न्यौपाने, कोषाध्यक्षमा जानुका आचार्य, टेइल टुइस्टरमा कृष्णप्रसाद सुवेदी चयन भएका छन् ।

क्लबको सामाजिक क्षेत्रमा सक्रियताका साथ काम गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology