आइतवार, जेष्ठ ५, २०८२
English
Follow us:

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्वाचित

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर निर्वाचित

  • खबर सेवा

  • आइतवार, जेष्ठ २९, २०७९

  • 29
    SHARES

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको संघको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हरिशडंकर ठाकुरले ४१९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित भएका छन् ।

महासचिवमा ओमबहादुर विष्टले ५१४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भीमराज ओझा ९अब्बु० ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित भएका थिए ।

सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology