सोमवार, माघ २८, २०८१
English
Follow us:

धिरजप्रतापलाई आईजीपी नियुक्तिविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

धिरजप्रतापलाई आईजीपी नियुक्तिविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

  • खबर सेवा

  • आइतवार, असार ५, २०७९

  • 3
    SHARES

काठमाडौं ।  आईजीपी नियुक्ति सम्बन्धी विवादको अन्तिम सुनुवाइ आजदेखि हुँदैछ । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आजबाट सुनुवाइ हुन लागेको हो ।

सरकारले गत वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका थिए । रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् ।

वैशाख २० गते सुश्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो। जेठ १७ गते मुद्दा लगाउमा राखिएको र कतिपय विपक्षीलाई म्याद तामेल नभएको भन्दै जेठ ३० गतेका लागि पेशी तोकिएको थियो।

यसअघि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए । सरकारी पक्षको बहसपछि पोखरेलका कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले फैसला सुनाउनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology