सरकारलाई एसपीपीबारे कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौं । सरकारलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्रामबारे कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।
आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो । देउवा नआएकोप्रति विपक्षी सांसदहरुले आपत्ति जनाएका थिए।
प्रधानमन्त्री नआएपछि आज सिंहदरबारमा भएको समितिको बैठकले एसपीपी सम्बन्धि कागजात ७ दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई समितिमा बोलाएर एसपीपीबारे छलफल गरिएको थियो।
नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउनुपर्ने भन्दै माग राखेका थिए। एमाले सांसद भिम रावलले प्रधानमन्त्री संसदसँग जवाफदेही हुनुपर्ने धारणा राखे। ‘यो कुतर्क हो। प्रमले भनेको कुरामा प्रम जवाफदेही हुनु पर्दैन?’भन्दै रावले प्रश्न समेत गरेका थिए । तर नेपाली कांग्रेस र गठबन्धन दलका सांसदले भने देउवा नआएकोमा बचाउ गरेका थिए।
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




