काठमाडौं । आइतबार बसेको राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुको प्रतिवेदनहरू पेश गरेको छ ।
विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरू आइतबार राष्ट्रियसभा बैठकमा पेश गरेको हो ।
विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए ।
राष्ट्रियसभाको अर्को बैठक असार ६ गते सोमबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।