
काठमाडौं । एसोसिएसन अफ प्रि–स्कुल एडुकेटर्स नेपाल (अपेन) अन्तर्गत १८ वटा नगर समितिमा निर्वाचित सम्पूर्ण प्रतिनिधिको शपथ ग्रहण भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाअन्तर्गत रहेका १८ वटा नगर समितिका प्रतिनिधिलाई शनिबार एक कार्यक्रमबीच शपथ ग्रहण गराइएको हो ।
अपेनको दोस्रो नगर अधिवेशनबाट निर्वाचित सम्पूर्ण प्रतिनिधिको एकसाथ शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको अपेनका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश अध्यक्ष कृष्णकुमार बोहोराले जानकारी दिए ।
केन्द्रीय अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।