काठमाडौं । पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।
मन्त्री आलेले आफूलाई मन परेको मान्छेलाई जागिर खुवाउने, कुुनै पनि पक्रिया पुुरा नगरी आफ्ना मान्छेलाई व्यवसाय गर्न अनुमति दिने अपशब्द बोल्ने ,गालि गलोज गर्दै आएको आरोप लगाएका छन् ।