प्रमुख खवर

बुधबारदेखि आपतकालीन उद्धार तथा नियमित उडान बन्द गर्ने : वायुसेवा सञ्चालक संघ

काठमाडौँ —  ‘वायुसेवा सञ्चालक संघ’ले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै नियमित उडान रोक्ने  जनाएको छ  ।

हेलिकप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन’ले आज  पत्रकार सम्मेलन आयोजना गरि आफ्ना  माग नागरिक उड्डयन प्राधिकरणले पूरा नगरे बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको हो  ।

संघका अध्यक्ष रामेश्वर थापाले सरकारको गलत निर्णयका कारण बाध्य भएर उडान स्थगितको निर्णय भएको बताए। ‘बन्द गर्ने हाम्रो चाहना होइन। सरकारको निर्णयले गर्दा हामी वाध्य भएका हौं। माग पूरा नभए अनिश्चितकालका समयका लागि बन्द हुनेछ। टिकट काटिसकेका यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीले रिफन्ड गर्नेछ,’ उनले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै विज्ञप्तिमार्फत ल्याएको रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज राख्ने, प्राधिकरणले हालै वृद्धि गरेका सेवा शुल्कको वृद्धि फिर्ता गर्नुपर्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने माग राखेका छन् ।

संघले ल्यान्डिङ, नेभिगेसन लगायतका शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिकोप्टर संचालनका लागि दीर्घकालिन रुपमा हेलिप्याड उपलब्ध गराउनुपर्ने र मर्मत सम्भारका लागि ह्यागर लगायतका भौतिक पूर्वाधारका लागि स्थान दिनुपर्ने, वेस पूर्ववत अवस्था कार्यान्वयनमा ल्याएर सेवा संचालन गर्न पाउनुपर्ने, कालोसूचीबाट हटाउन पहल गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृति लिएर विभिन्न कम्पनीले हवाई सेवा संचालनका लागि बनाएका संरचनालाई यथावत रुपमा प्रयोग गर्न दिनुपर्ने माग राखेको छ।

 

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...