बीएण्डसी र नोबेल मेडिकल कलेजद्वारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा

बीएण्डसी र नोबेल मेडिकल कलेजद्वारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा

  • खबर सेवा

  • बुधबार, असार ८, २०७९

  • 3
    SHARES
बीएण्डसी र नोबेल  मेडिकल कलेजद्वारा स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा

काठमाडौं ।  सरकारले पैसा नदिएपछि मोरङको नोबेल मेडिकल कलेज र झापाको बीएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम रोक्ने यी दुई मेडिकल कलेजले बताएका हुन् ।

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले स्वास्थ्य बीमाबापतको ४५ करोड रुपैयाँभन्दा बढी र नोबेलको ५४ करोडभन्दा बढी रुपैयाँ लिन रहेको जानकारी दिए ।

२०७८ मंसिरपछि बीमाबापतको रकम नपाएको ती मेडिकल कलेजले जानकारी गराए ।यसअघि १५/१५ दिनमा भुक्तानी गर्ने भनिएकोमा रकम नपाएपछि उपचार गर्न नसकिएको उनले बताए ।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ ।

प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।

तर, बीमा गराएकाहरूको औषधि उपचारको रकम सरकारले भुक्तानी नगर्दा अस्पतालहरूको सेवा प्रभावित हुन थालेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology