बिहिबार, बैशाख १८, २०८२
English
Follow us:

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी कारागारमा कैदीको मृत्यु

  • खबर सेवा

  • शुक्रबार, असार १०, २०७९

  • 14
    SHARES

काठमाडौं । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका-१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए ।उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology