बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

सुनचाँदीको मूल्य आज पुनः बृद्धि , कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य आज पुनः बृद्धि , कतिमा भइरहेको छ कारोबार ?

  • खबर सेवा

  • सोमवार, असार १३, २०७९

  • 19
    SHARES

काठमाडौं । आइतबार सामान्य बढेको सुनचाँदीको मूल्य सोमबार पनि पुनः  बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ४ सयले बढेसँगै छापावाला सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी तोलाका १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँ बढेसँगै आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology