प्रमुख खवर

कैद तथा जरिवाना फैसला गरिएका तीन फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ छन् । उनलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

यस्तै विगो मुद्दाअन्तर्गत ललितपुरको टीकाथली-९ स्थायी घर भई हाल बनेपा नगरपालिका-७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेतलाई पनि पक्राउ गरिएको छ । उनलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम रु एक करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो ।

यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा-११ का २५ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...