आइतवार, माघ २७, २०८१
English
Follow us:

फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

फेरि थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

  • खबर सेवा

  • बिहिबार, असार २३, २०७९

  • 4
    SHARES

काठमाडौं । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए ।

ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौं-१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए ।

थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology