शनिबार, चैत्र ८, २०८१
English
Follow us:

बढ्यो कोरोना संक्रमण, थपिए नयाँ १६८ संक्रमित

बढ्यो कोरोना संक्रमण, थपिए नयाँ १६८ संक्रमित

  • खबर सेवा

  • सोमवार, असार २७, २०७९

  • 41
    SHARES

काठमाडौं ।  विश्वमा कोरोना फेरि बढिरहेको बेला नेपालमा पनि कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो संख्यामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । सो अवधिमा ३७ संक्रमणमक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएका जिल्ला १५ रहेका छन् ।

काठमाडौंमा २०० बढी सक्रिय संक्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology