विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी

विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी

  • खबर सेवा

  • सोमवार, असार २७, २०७९

  • 2
    SHARES
विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी

काठमाडौ । ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।

सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार तामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।  लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो ।

नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताए ।

तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन  सगरमाथा आरोहण गरेका थिए ।  तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology