
काठमाडौं । प्रतिनिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। भुसालले प्रमुख विपक्षी दल नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गरेकी हुन्।
प्रतिनिधिसभामा आज भएको मतदानमा भुसालले १४८ मत ल्याएकी छन् भने भट्टराईले ९३ मत ल्याएकी छन् । भुसालले सत्ता गठबन्धन र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको साथ पाएकी हुन्।
निर्वाचन प्रक्रियामा २४२ सांसद सहभागी थिए। प्रतिनिधिसभाको उपसभामुख पद बिगत २९ महिनादेखि रिक्त थियो । २०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता प्रतिनिधि सभामा उपसभामुख पद रिक्त थियो।