प्रमुख खवर

राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिए ।

राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना दिँदै मन्त्री कार्कीले नेपालमा छ दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी समाचारको मुहानका रूपमा सेवा गर्दै आएको राससले आफूलाई नेपालमा मात्र नभएर दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

मन्त्री कार्कीले मुलुकका सञ्चारमाध्यमहरूलाई समाचार सेवा प्रदान गर्दै आएको समाचार प्रदायक समाचार समिति राससको नेपालको पत्रकारिताको इतिहासमा अलग्गै पहिचान रहेको बताए ।

सो शुभकामना सन्देशमा मन्त्री कार्कीले राससले समाचार प्रदायक संस्थाका रूपमा आफूलाई समयानुकूल विकास गर्दै द्रूतरूपमा विकास भएको सूचना प्रविधिअनुरुप आफ्ना सेवाहरूमा विविधिकरण गरी समयानुकूल परिमार्जन र सुधार गर्दै लैजानुपर्ने सुझाव दिए ।

सन्देशमा उनले भनेका, ‘‘अहिलेको सूचना र प्रविधिको युगमा राससले समयको मागअनुुसार आफू र आफ्ना सेवाहरूलाई प्रभावकारी र गतिशील बनाउँदै लैजानुपर्छ ।’’

मन्त्री कार्कीले राससले आजदेखि सुरु गर्न लागेको भिडियो सेवाबाट नेपालका टेलिभिजनसहित सबै ‘डिजिटल मिडिया’ लाभान्वित हुन सकुन् र यस सेवा राससमा दिगो र प्रभावकारी बन्न सकोस् भनी कामना गरका छन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...