मङ्लबार, असार ३, २०८२
English
Follow us:

हराएकी महिलाको दुई दिनपछि शव फेला

हराएकी महिलाको दुई दिनपछि शव फेला

  • खबर सेवा

  • आइतवार, साउन ८, २०७९

  • 24
    SHARES

काठमाडौं । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् ।

गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology