आइतवार, जेष्ठ ५, २०८२
English
Follow us:

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, ३ अर्ब ७० करोडको कूल कारोबार

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, ३ अर्ब ७० करोडको कूल कारोबार

  • खबर सेवा

  • मङ्लबार, साउन १०, २०७९

  • 31
    SHARES
नेप्से परिसूचकमा उच्च अंकको गिरावट, ३ अर्ब ७० करोडको कूल कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ। आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अंकले ओरालो लाग्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अंकले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अंकले घटेर ३९८.३९ मा ओर्लिएको छ। कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता सेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५२.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०।१९ र लगानी १.७७ अंकले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो ।

त्यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मल्टीप्रपोज फाइनान्स कम्पनी ९।३२, सूर्योदय बोमी लघुवित्त ६।७२, युनाइटेड मोदी हाइड्रोपावर ६.१९, समृद्धि फाइनान्स कम्पनी ३.२३, बलेफी हाइड्रोपावरका लगानीकर्ताले ३.१५ प्रतिशतले कमाए । त्यस्तै, गणपति लघुवित्त ६.८२, रिभर फल्स पावर ५.९९, सप्तकोसी लघुवित्त ५.१३, पोखरा फाइनान्स ५.१० र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ५.०३ प्रतिशतले गुमाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology