आइतवार, असार १, २०८२
English
Follow us:

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

  • खबर सेवा

  • आइतवार, साउन १५, २०७९

  • 27
    SHARES

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८ सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर रु एक हजार २३० तोकिएकोे छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology