कला

‘कसम’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मोडल कमल सिंह र ललना चिमरियाबीचको प्रेम र रोमान्सले भरिपूर्ण अभिनय रहेको ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोको छायांकन गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रभित्र गरिएको छ । यस गीतमा स्वर गायक साइराज खातीको र शब्द कुमार मिश्रको र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतमा मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

‘कसम तिम्रै माया लाग्छ’, ‘कसम तिम्रै याद आउँछ ढाँट्या होइन मैले तिम्रै माया लाग्छ’, ‘भूल्या छैन तिम्रो न्यानो माया’, ‘तिमी नै छौँ दिलको दायाँबायाँ’, ‘कसम तिम्रै माया लाग्छ, कसम तिम्रै मात लाग्छ’, ‘लजालु त्यो मुहार मिठो मुस्कान, मखमली केस, गाजलु ती नयन’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेको र भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियो ’केके अक्टेभ’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माण समूहले भिडियो हेरेर प्रतिक्र्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी

रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी

काठमाडौं । कर्पोरेट समाचारले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा रोयल इन्फिल्डसँगको सहकार्यमा‘लेडिज बाइक राइड’आयोजना गरेको छ। रोयल इन्फिल्डको शोरुमबाट शनिबार...

महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)

महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ।...

यम बरालका ३ गीत सार्वजनिक

यम बरालका ३ गीत सार्वजनिक

काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन...

रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत

रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत

काठमाडौं। कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा यथावत् रहनुभएको छ। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको...