काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।
तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९५ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुन प्रतितोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको रु ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार दई सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।