शनिबार, माघ ५, २०८१
English
Follow us:

सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलंका टापुमा

सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलंका टापुमा

  • खबर सेवा

  • बुधबार, साउन १८, २०७९

  • 5
    SHARES
सप्तकोसीको बाँध फुटेपछि बराक्षेत्रका पाँच सय परिवार श्रीलंका टापुमा

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनीहरु श्रीलंका टापुमा फसेको उनले बताए। त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताए।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नं प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गरेका छन् । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताए ।

अहिले केही बेरमा प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उनले जानकारी दिए। बैठकले पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरण लगायतका विषयमा केन्द्रित हुने उनले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology