सुदूरपश्चिममा कोरोना बढ्दै, सतर्कता शून्य
काठमाडौं । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन ।
भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्किनेहरुमा दिनहुँजसो सङ्क्रमण देखिने क्रम ह्वात्तै बढेको छ । यहाँका सबै सीमानाकामा प्रदेश सरकारको पहलमा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीहरुको टोलीले कोरोना परीक्षणसहित त्यस विरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेका छन् ।
सुुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा भारतबाट स्वदेश फर्किने ९४ जना नेपालीमा कोरोना देखिएको छ । निर्देशनालयका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा ७४, कैलालीको गौरीफन्टा नाकामा १९, बैतडीको झुलाघाट नाकामा एक गरी ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी यहाँका अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा सोमबार मात्रै २५ जनामा देखिएको छ ।
पिसिआर विधिबाट गरिएको परीक्षणमा कैलालीको सेती प्रादेशिक अस्पतालमा २१, महाकाली प्रादेशिक अस्पतालमा एक, डडेल्धुुरा अस्पतालमा दुई र अछाममा एक जनामा संक्रमण देखिएको छ । सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक सय २७ जना रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले यहाँ संक्रमितको संक्रमित दिनहुुँ बढिरहेको बताउँदै सर्वसाधारणले सचेत हुनुुपर्नेमा जोड दिए । “महामारीबाट बच्न सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्य सतर्कता अपनाउन स्वयम् सर्वसाधारण सचेत हुन जरुरी छ”, जोशीले भने, “सरकारबाट नाका र अस्पतालमा परीक्षणदेखि खोजी अभियानसम्म सञ्चालन भइरहेको छ ।” कोरोना कहरपछि सीमानाकामा स्वास्थ्यकर्मीको टोली नियमित रुपमा सक्रिय रहेको जोशीको भनाइ छ ।
सङ्क्रमण बढिरहेको भए पनि सहरदेखि ग्रामीण भेगसम्म मास्क लगाउन र भीडभाड नगर्न चेतनामूलक सूचना पनि जारी गरिएको छैन ।
त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सोमबार मात्रै ७४ जनामा कोरोना संक्रमण देखिएको बताए । “नाकादेखि स्वास्थ्य संस्थामा जाँच गराउन आउनेमा संक्रमण देखिने क्रम बढेको छ”, उनले भने, “ संक्रमण बढे पनि बिरामी गम्भीर नदेखिएकाले होम आइसोलेसनमा पठाइरहेका छौँ ।”
उनले सङ्क्रमणबाट बच्न आम सर्वसाधारणले सचेतना अपनाउनुपर्ने बताउनुुभयो । कोरोना महामारी सुरु भएयता सुदूरपश्चिममा तीन सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । यहाँको कैलालीमा एक सय ७८, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा २२, बैतडीमा १७, डोटीमा १२, बझाङमा १०, अछाममा नौ, बाजुरामा पाँच र दार्चुलामा तीन जनाले ज्यान गुमाएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।
त्यसैगरी २७ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा १८ लाख एक हजार जनाले खोप लगाएका छन् । प्रदेश सरकारले २२ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य लिए पनि त्यो पूरा हुन सकेको छैन ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




