सोमवार, माघ २८, २०८१
English
Follow us:

आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

  • खबर सेवा

  • बिहिबार, साउन २६, २०७९

  • 10
    SHARES

कर्णाली । ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८’ ल्याएको थियो ।

ऐन बनेसँगै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा उपलब्ध गराउन सहज हुने भएको छ । योसहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भएर कानुन बनेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology